+
+
Shares

नेकपाले टिकट नदिएपछि रास्वपा छिरेका नरेन्द्रसँग नारायणकाजी ४ हजार बढी मतले पछाडि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १९:०९

२२ फागुन, काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार नरेन्द्र साह कलवारले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कलवारले ५ हजार ४ सय २४ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ७ सय २० मत पाएका छन् । योसँगै कलवार श्रेष्ठभन्दा ४ हजार ७ सय ४ मतले अगाडि छन् ।

त्यसैगरी नेपाली कांग्रेसका विनोदकुमार खनालले ५ सय ४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिप्रसाद उप्रेतीले ३ सय ३६ मत पाएका छन् । उप्रेती यसअघि विजयी भएका थिए ।

रास्वपा उम्मेदवार कलवार यसअघि नेकपा माओवादी केन्द्रसँग आबद्ध थिए । अघिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । तर, नेकपाबाट टिकट नपाएपछि उनले पार्टी छाडेर रास्वपा प्रवेश गरेर सर्लाही-३ बाट उम्मेदवारी दिएका थिए ।

नेकपा नेता श्रेष्ठ यसअघि पनि दुई पटक चुनावमा पराजित भइसकेका नेता हुन् । पछिल्लो समय सुरक्षित क्षेत्रको खोजीमा उनी सर्लाही–३ मा उम्मेदवार भएका थिए । तर, प्रारम्भिक मतपरिणामले भने श्रेष्ठलाई चुनौतीपूर्ण अवस्था देखाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?