News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुम पश्चिममा मतगणना जारी रहँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता बनाएका छन्।
२३ फागुन, काठमाडौं । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा पछि परेका छन् । मतगणना जारी रहँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता बनाएका हुन् ।
बिहान २ः५० बजेसम्मको मतपरिणाम अनुसार नेकपाका शर्माले ५३३७ मत पाएका छन् । जनार्दन शर्माले ४५७३ मत पाएका छन् ।
सुरुवातदेखि अग्रता बनाएका शर्मा अहिले पछि परेका हुन् ।
यहाँ नेपाली कांग्रेसका उम्मेदवारले ३६६३, राष्ट्रिय स्वतन्त्र पार्टीले १०४६ र नेकपा एमालेका उम्मेदवारले ५४० मत पाएका छन् ।
जनार्दन शर्माले २०६४ सालको संविधानसभा निर्वाचनदेखि रुकुमबाट चुनाव जित्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4