+
+
Shares

समानुपातिकको साढे ३ लाख मत गन्दा कुन दलको अवस्था कस्तो छ ?

शनिबार दिउँसोसम्म आयोगले देशभर करिब साढे ३ लाख मत गणना गरिसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नतिजा सार्वजनिक भएपछि समानुपातिकतर्फ मतगणना गरिरहेको छ।
  • शनिबार दिउँसोसम्म आयोगले देशभर करिब साढे ३ लाख मत गणना गरिसकेको छ।
  • रास्वपाले समानुपातिकमा पाएको मत घटेर ५४ प्रतिशत पुगेको छ भने कांग्रेसले १६ र एमालेले १३ प्रतिशत मत पाएको छ।

२३ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन नतिजा सार्वजनिक भएको ठाँउमा समानुपातिकतर्फ मतगणना गरिरहेको छ । शनिबार दिउँसोसम्म आयोगले देशभर करिब साढे ३ लाख मत गणना गरिसकेको छ ।

निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो आँकडा अनुसार, रास्वपाले समानुपातिकमा पाएको मत केही घटेको छ ।

सुरुवाततिर करिब ६० प्रतिशत जति हिस्सा पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको अनुपात अहिले केही घटेर ५४ प्रतिशत रहेको छ । नेपाली कांग्रेसले कुल सदर मतको १६ प्रतिशत हिस्सा पाएको छ भने एमालेले १३ प्रतिशत मत पाएको छ ।

एमालेपछि नेकपा र राप्रपाको मत ५-५ प्रतिशत हाराहारी छ । श्रम संस्कृति पार्टीले २ प्रतिशत भन्दा केही बढी मत पाएको छ भने त्यो भन्दा कम अनुपातमा मत पाउने दलहरुको एकमुष्ट मत करिव ५ प्रतिशतजति छ ।

अहिलेको अनुपातलाई आधार मान्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा बाहेक अरुले थ्रेसहोल्ड कटाएका छैनन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको आँकडा अनुसार करिव एक करोड १० लाख मत खसेको अनुमान छ । अहिलेसम्म साढे ३ लाख मतमात्रै गणना भएको विवरण सार्वजनिक गरेको हो ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?