२३ फागुन, काठमाडौं । देशभरका विभिन्न निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ करिब ४५ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आधाभन्दा बढी मत पाएको छ ।
आज बिहान साढे ८ बजेसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको आँकडा हेर्दा रास्वपाले कुल सदर मतको करिब ५७ प्रतिशत मत पाएको देखिन्छ ।
दोस्रो स्थानमा रहेको कांग्रेसले करिव १८ प्रतिशत मतमात्रै पाएको छ । एमाले र राप्रपा करिव–करिव ८/८ प्रतिशतको नजिक छन् । एमाले र राप्रपाबिच करिव ५० मतको फरकमात्रै छ ।
निर्वाचन आयोगले देशव्यापी संकलन गरेर अद्यावधिक गरिरहेको यो विवरण निकै प्रारम्भिक हो । कुल खसेको मतको एक प्रतिशत पनि गणना नभएका बेलामा यस्तो प्रारम्भिक आँकडा सार्वजनिक भएको हो ।
अहिलेसम्मको आँकडामा रास्वपा, कांग्रेस, एमाले र राप्रपा बाहेक अरुले ३ प्रतिशत मत कटाएका छैनन् । समानुपातिक प्रणालीमा सांसद पद दावी गर्न ३ प्रतिशत मत कटाउनुपर्छ ।
प्रतिक्रिया 4