News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण कार्की निर्वाचित भएका छन्।
- कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गरे, जो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलीपकुमार बगडियाभन्दा २५ हजार ३ सय बढी हो।
- नेपाली कांग्रेसका पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजाल तेस्रो स्थानमा रहेर १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरे।
२३ फागुन, विराटनगर । मोरङकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गरे । यो मत उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियाको भन्दा २५ हजार ३ सय बढी हो । बगडियाले १५ हजार ६ सय २४ मतमा चित्त बुझाउनु पर्यो ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजाल तेस्रो स्थानमा खुम्चिएका छन् । रिजालले १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4