+
+
Shares

गुल्मीमा समानुपातिकतर्फको मतगणना आइतबार

प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत गुल्मीमा समानुपातिक तर्फको मतगणना आइतबार बिहान १० बजेदेखि सुरु गरिने भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा प्रतिनिधि सभाको समानुपातिक मतगणना २३ फागुन बिहान १० बजेबाट सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।
  • प्रत्यक्षतर्फ गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल र क्षेत्र नम्बर २ बाट गोविन्द पन्थी विजयी भएका छन्।
  • गुल्मीमा ५१.३६ प्रतिशत मतदान भएको थियो र १ लाख १७ हजार ९ सय १ मतदाता मतदानमा सहभागी भएका थिए।

२३ फागुन, गुल्मी । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत गुल्मीमा समानुपातिक तर्फको मतगणना आइतबार बिहान १० बजेदेखि सुरु गरिने भएको छ। मुख्य निर्वाचन अधिकृत न्यायाधीश कृष्णप्रसाद पौडेलले मतगणनाका लागि उम्मेदवारका प्रतिनिधिलाई बिहान साढे ९ बजे बोलाइएको जानकारी दिए ।

प्रत्यक्षतर्फको मतगणना भने २४ घण्टाभित्रै सम्पन्न भइसकेको छ। अन्तिम परिणामअनुसार गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी भएका छन् भने क्षेत्र नम्बर २ बाट पनि सोही पार्टीका गोविन्द पन्थी विजयी भएका छन्।

क्षेत्र नम्बर १ मा ढकालले नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीलाई पराजित गर्दै जित हासिल गरेका हुन्। त्यस्तै क्षेत्र नम्बर २ मा पन्थीले नेकपा एमालेका गोकर्ण बिष्ट र नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठलाई पछि पार्दै विजय हासिल गरेका छन्।

समानुपातिकतर्फ क्षेत्र नम्बर १ को मत जिल्ला समन्वय समितिको हलमा तथा क्षेत्र नम्बर २ को मत रेसुङ्गा बहुमुखी क्याम्पसमा गणना गरिने निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनमा गुल्मीमा कुल ५१.३६ प्रतिशत मतदान भएको थियो। जिल्लामा रहेका २ लाख २९ हजार ५ सय ४९ मतदातामध्ये १ लाख १७ हजार ९ सय १ जनाले मतदान गरेका थिए।

मतदान गर्नेमा महिला ६४ हजार ८९७, पुरुष ५३ हजार २ र अन्य २ जना रहेका छ

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?