२२ फागुन, गुल्मी । गुल्मीमा शुक्रबार बिहान १० बजेबाट मतगणना सुरु हुने भएको छ । बिहान ७ बजेदेखि बसेको सर्वदलीय बैठकले १० बजेपछि मतगणना सुरु गर्ने सहमति गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।
जिल्लाभरका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम तम्घास ल्याइसकिएको प्रशासनले जनाएको छ । मतगणनाका लागि गुल्मी–१ को मत जिल्ला समन्वय समितिको हलमा र गुल्मी–२ को मत रेसुङ्गा बहुमुखी क्याम्पसमा गणना गर्ने तयारी गरिएको छ ।
गुल्मीमा कुल ५१.३६ प्रतिशत मतदान भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4