+
+
Shares

होली खेल्दा हुलहुज्जत नगर्न गुल्मी प्रशासनको आग्रह

गुल्मीमा फागुपूर्णिमा (होली पर्व) सानो समूहमा मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा फागुपूर्णिमा सानो समूहमा मर्यादित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
  • जिल्ला सुरक्षा समितिले अवाञ्छित गतिविधि र निर्वाचन सुरक्षामा पर्ने प्रभावलाई मध्यनजर गर्दै यस्तो आग्रह गरेको हो।
  • प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले होली पर्व सांस्कृतिक महत्वअनुसार पारिवारिक रूपमा मनाउन र राजनीतिक दललाई प्रचार–प्रसार नगर्न अनुरोध गर्नुभएको छ।

१३ फागुन, गुल्मी । गुल्मीमा फागुपूर्णिमा (होली पर्व) सानो समूहमा मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

फागुपूर्णिमाको अवसरमा हुन सक्ने अवाञ्छित गतिविधि तथा सो पर्वका कारण निर्वाचन सुरक्षामा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले यस्तो आग्रह गरेको हो ।

बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको सूचनामा होली पर्वलाई यसको सांस्कृतिक महत्व संरक्षण हुने गरी पारिवारिक तथा सानो समूहमा मर्यादित ढंगले मनाउन आग्रह गरिएको छ ।

ठूलो जमघटका कार्यक्रम नगर्न, जबरजस्ती रूपमा कसैलाई रंग नलगाउन, दुर्गन्धित पानी तथा अन्य निषेधित वस्तुको प्रयोग नगर्न तथा सामाजिक, सांस्कृतिक एवं राजनीतिक सद्भाव विथोल्ने किसिमका गतिविधि सञ्चालन नगर्न सम्पूर्ण जिल्लावासीमा अनुरोध गरिएको छ ।

त्यस्तै, होली पर्वका समयमा सद्भाव खलबलिन नदिने गरी निर्वाचन प्रचार–प्रसारका कार्यक्रम नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई समेत आग्रह गरिएको सूचनामा उल्लेख छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्वलाई सभ्य, मर्यादित र सुरक्षित वातावरणमा मनाउन सबै पक्षसँग सहकार्यको अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?