+
+
Shares

गुल्मीमा बिहान ९ बजेसम्म ६ हजार मत खस्यो

जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान ९ बजेसम्म गुल्मीमा करिब ६ हजार मत खसेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ९:१८

२१ फागुन, गुल्मी । जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान ९ बजेसम्म गुल्मीमा करिब ६ हजार मत खसेको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाभर कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन्। जसमध्ये १ लाख १५ हजार २ सय १० महिला, १ लाख १४ हजार ३ सय ३७ पुरुष र अन्य २ जना मतदाता रहेका छन्। जिल्लामा १ सय ४५ मतदान स्थलमा २ सय ८४ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ।

गुल्मी क्षेत्र नम्बर १ मा कुल १ लाख २२ हजार १ सय ८६ मतदाता रहेका छन्। जसमध्ये ६२ हजार २ सय ७२ महिला र ५९ हजार ९ सय १४ पुरुष मतदाता छन्। यस क्षेत्रमा ८३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र तोकिएका छन्।

त्यस्तै गुल्मी क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३ सय ६३ मतदाता रहेका छन्। जसमध्ये ५२ हजार ९ सय ३८ महिला, ५४ हजार ४ सय २३ पुरुष र अन्य २ जना मतदाता छन्। यस क्षेत्रमा ६२ मतदान स्थल र १ सय २९ मतदान केन्द्र रहेका छन्। जिल्ला कारागारमा पनि एक अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ।

यस निर्वाचनमा जिल्लाभर ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमध्ये क्षेत्र नम्बर १ मा २१ जना र क्षेत्र नम्बर २ मा २२ जना उम्मेदवार रहेका छन्।

मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत न्यायाधीश कृष्णप्रसाद पौडेल रहेका छन् भने क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत जिल्ला न्यायाधिवक्ता हरिहर पौडेल रहेका छन्।

निर्वाचन अधिकारीहरूका अनुसार जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ भने मतदाताको सहभागिता क्रमशः बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?