२३ फागुन, झापा । झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जित सुनिश्चित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह(बालेन) मतगणनास्थल पुगेका छन् ।
अहिले केहीबेरअघि बालेन झापा–५ को मतगणनास्थल पुगेका हुन् । हालसम्मको गणनाअनुसार बालेनले ६६ हजार २०० मत प्राप्त गरिसकेका छन् । ओलीले १८ हजार ९५ मत मात्रै प्राप्त गरेका छन् ।
झापा–५ मा अब नतिजा आउने चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दा बालेन मतगणनास्थल पुगेका हुन् ।
मतगणनास्थलमा सम्भावित सुरक्षा जोखिमलाई हेरेर नेपाली सेनाले बाक्लो पहरा दिइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4