२५ फागुन, पाँचथर । पाँचथरमा समानुपातिकको मत गणना सम्पन्न हुँदा श्रम संस्कृति पहिलो भएको छ । पुराना राजनीतिक दलहरूलाई पछि पार्दै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पाँचथरमा नयाँ इतिहास बनाएको हो ।
दोस्रो नेपाली कांग्रेस र तेस्रो नेकपा (एमाले) भएको छ । श्रम संस्कृतिले १८ हजार ३६८ मत प्राप्त गरेको छ । कांग्रेसले १४ हजार १०० मत प्राप्त गरेको छ ।
तेस्रो बनेको नेकपा (एमाले)ले १३ हजार ४५१ मत प्राप्त गरेको छ । स्मरणीय के छ भने २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेले पाँचथरमा पहिलो मत प्राप्त गरेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले उपलब्ध गराएको विवरण अनुसार पाँचथरमा ५७ वटै दलले मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीले ७ हजार ७६०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार २९१ मत प्राप्त गरका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4