+
+
Shares

बैतडीमा ७ उम्मेदवारको जमानत जफत

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८२ फागुन २५ गते १६:०२

२५ फागु, बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ ।

खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका सात जना उम्मेदवारहरुको जमानत जफत भएको हो ।

एक स्वतन्त्रसहित ७ जना उम्मेदवारहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्दले दुई हजार ६८१ मत , नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रामबहादुर कुवँरले २९९ मत, जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालले समान ९४/९४ मत, आम जनता पार्टीका बिसनसिंह बोहराले ८२ मत, श्रम सस्कृति पार्टीका गजेन्द्रराज पाण्डेयले ७८ मत र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १८ मत प्राप्त गरेका थिए ।

फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा यहाँ ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए । तिमध्ये ६७ हजार ७३० मत सदर खसेको सूचना अधिकारी दयालले बताए ।

खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्थाअनुसार उनीहरुको जमानत जफत गरिएको उनले जानकारी दिए ।

आइतबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए । यस्तै नेपाली कम्युनिष्ट पार्टीका परमान्नद भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?