+
+
Shares

घट्यो कुखुरा मासुको भाउ

संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको भाउ किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बिहीबारदेखि कुखुरा मासुको भाउ किलोमा १० देखि १५ रुपैयाँसम्म घटेको जानकारी दिएको छ।
  • जिउँदो कुखुराको भाउ प्रतिकिलो २ सय ७० रुपैयाँ कायम भएको छ, जुन पहिले २ सय ८० रुपैयाँ थियो।
  • तयारी कुखुरा मासुको भाउ पनि १५ रुपैयाँ घटेर ३ सय ६५ रुपैयाँमा झरेको छ, उत्पादन वृद्धि र खपत कम भएको कारणले।

२७ फागुन, काठमाडौं । बजारमा कुखुरा मासुको भाउ घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार भोलि बिहीबारदेखि लागु हुने गरी मासुको भाउ घटेको हो ।

संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको भाउ किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको जानकारी दिए ।

उनका अनुसार जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ८० रुपैयाँ थियो ।

यस्तै तयारी कुखुरा मासुको भाउ पनि घटेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँ घटेको हो । यसअघि ३ सय ८० रुपैयाँ रहेको तयारी मासुको भाउ ३ सय ६५ रुपैयाँमा झरेको अध्यक्ष बीसीले बताए ।

यतिबेला कुखुरा उत्पादनमा वृद्धि भएको र खपत कम भएका कारण मासुको मूल्य घटेको उनको भनाइ छ । ‘उत्पादन वृद्धि भइरहेको छ, तर बिक्री एकदमै कम छ,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?