News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको माघमा बैंकहरूको औसत कर्जाको ब्याजदर ७ प्रतिशतमा झरेको छ।
- २०८२ माघ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७ प्रतिशत, विकास बैंक ८.३० र वित्त कम्पनीको ९.५६ प्रतिशत रहेको छ।
- माघ मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५१ प्रतिशत रहेको छ, जुन गत वर्षको ४.६२ प्रतिशतभन्दा कम हो।
२७ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको माघमा बैंकहरूको औसत कर्जाको ब्याजदर ७ प्रतिशतमा झरेको छ ।
गत आव माघमा ८.५५ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर चालु आव सोही अवधिमा ७ प्रतिशतमा झरेको हो ।
माघमा बैंकहरूको आधार दर नै घटेको हुनाले कर्जाको ब्याजदर घटेको हो । वित्तीय क्षेत्रमा बढेको अधिक तरलता कर्जाको न्यून मागको असर ब्याजदरमा देखिएको छ ।
२०८२ माघ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७ प्रतिशत, विकास बैंक ८.३० र वित्त कम्पनीको ९.५६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०८१ माघ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.५५ प्रतिशत, विकास बैंक ९.९० र वित्त कम्पनीको १०.८८ प्रतिशत थियो ।
गत माघमा बैंकहरूको औसत आधार ब्याजदर ५.१२ प्रतिशत कायम भएको छ । पुसमा आधार दर ५.२९ प्रतिशत थियो ।
त्यसैगरी विकास बैंकको औसत आधार ब्याजदर ७.१९ प्रतिशत र वित्त कम्पनीको ७.८९ प्रतिशत छ । २०८१ माघ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.४६, विकास बैंक ८.५२ र वित्त कम्पनीकोे ९.३९ प्रतिशत थियो ।
माघ मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५१, विकास बैंक ३.९७ र वित्त कम्पनीको ५.०१ प्रतिशत छ । गत वर्ष माघमा क्रमश: ४.६२, ५.४१ र ६.४७ प्रतिशत थियो ।
प्रतिक्रिया 4