News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्यमन्त्री डा. सुधा गौतमले नेपाली औषधि उद्योगहरूलाई व्यापक उत्पादन तर्फ लाग्न र देशलाई औषधिमा आत्मनिर्भर बनाउन आग्रह गरेकी छन्।
- उनले नेपालमा करिब ८८ औषधि उत्पादक कम्पनीहरू रहेको र ५० वटाले डब्लूएचओ जीएमपी प्रमाणपत्र पाएको बताइन्।
- मन्त्री गौतमले औषधि उद्योगहरूलाई कम उत्पादनमा बस्न नहुने र सरकारले उद्योगीका समस्या समाधान गर्न तयार रहेको उल्लेख गरिन्।
२८ फागुन, काठमाडौं । स्वास्थ्यमन्त्री डा. सुधा गौतमले नेपाली औषधि उद्योगहरूलाई ‘म्यासिभ प्रोडक्सन’ (व्यापक उत्पादन) तर्फ लाग्न र देशलाई औषधिमा आत्मनिर्भर बनाउन आग्रह गरेकी छन् ।
नेपालमा औषधि उद्योगको धेरै विकास भएपनि अझै थुप्रै काम गर्न बाँकी रहेको भन्दै उनले सरकारले यस क्षेत्रलाई आक्रामक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
फार्मा एक्स्पोलाई बिहीबार सम्बोधन गर्दै मन्त्री गौतमले नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
हाल नेपालमा करिब ८८ वटा औषधि उत्पादक कम्पनीहरू रहेको र तीमध्ये ५० वटाले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लूएचओ जीएमपी) प्रमाणपत्र पाएको उने बताइन् ।
आफू विगतमा स्वास्थ्य सचिव हुँदा पनि औषधि उत्पादक संघ (एपोन) लगायतका संस्थाहरूलाई उत्पादन बढाउन आग्रह गरेको स्मरण गर्दै उनले उद्योगहरू ‘अन्डर प्रोडक्सन’ (कम उत्पादन) मा बस्न नहुने बताइन् ।
मन्त्री भएर आउनासाथै आफूले एपोन, एनसिडिए लगायतका सरोकारवाला निकायलाई बोलाएर छलफल गरेको र उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको उनले बताइन् ।
प्रतिक्रिया 4