बुधबार स्वास्थ्य बीमा सम्बन्धी छलफल कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई सहज रूपमा अघि बढाउनका लागि आफूले सुधारका कार्यक्रम अघि सारेको तर त्यसमा सरोकारवाला मन्त्रालयहरूले साथ नदिएको गुनासो पनि गरिन् ।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने भनेर भनेकाले सरकारले ९८ वटा औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरेको भए पनि विद्यमान बीमा स्वास्थ्य कार्यक्रमले त्यसमा पनि उल्झन गरेकाले आफूहरूले त्यसलाई हटाउने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी गर्दा पनि सरोकारवाला मन्त्रालयहरूले सहयोग नगरेको मन्त्री गौतमको गुनासो छ ।
उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रम यसरी चल्न सक्दैन । नेपालको संंविधानले यो सबैको जानकारीका लागि राष्ट्रिय योजना आयोग, वित्त आयोगका पनि हुनुहुन्छ । उहाँहरूका लागि म राख्न चाहन्छु–नेपालको संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य निःशुल्क दिने भनेर भनेको छ । र, त्यो अनुरूप ९८ किसिमका औषधिहरू ऐनले नै तोकेर यस्तायस्ता किसिमका सेवा निःशुल्क दिने भनेर त्यसको स्ट्यान्डर्ड बनाएर त्यो निःशुल्क दिनुपर्छ । त्यसका लागि बीमा गराउनु हुँदैन, पाइँदैन ।’
मन्त्री गौतमले स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने स्वास्थ्य सम्बन्धL बजेट समेत अर्थ मन्त्रालयले नदिएको बताए ।
प्रतिक्रिया 4