+
+
Shares

जल पर्यटन प्रवर्द्धनका लागि र्‍याफ्टिङ महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ५० औं अन्तर्राष्ट्रिय ह्वाइट वाटर र्‍याफ्टिङ तथा कायकिङ महोत्सव र २४ औं हिमालय ह्वाइट वाटर च्यालेन्ज त्रिशूली नदीमा सम्पन्न भएको छ।
  • कायक म्यान्डेटरी रन विधामा रविन्द्र चेपाङ प्रथम हुँदै एक लाख रुपैयाँ पुरस्कार जित्न सफल भएका छन्।
  • नेपाल पर्यटन बोर्डका पदाधिकारीहरूले नदी पर्यटन प्रवर्द्धन र संरक्षणमा कानुनी व्यवस्था र सुरक्षा मापदण्ड आवश्यक रहेको बताए।

२८ फागुन, काठमाडौं । नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ५० औं अन्तर्राष्ट्रिय ह्वाइट वाटर र्‍याफ्टिङ तथा कायकिङ महोत्सव र २४ औं हिमालय ह्वाइट वाटर च्यालेन्ज बिहीबार त्रिशूली नदीमा सम्पन्न भएको छ ।

तीन दिनसम्म चलेको प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले उपाधि जितेका छन् । कायक म्यान्डेटरी रन विधामा रविन्द्र चेपाङ प्रथम हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भए । यसै विधामा डम्मर बहादुर पूर्वाछाने दोस्रो, जेसन गुरुङ तेस्रो र रविन गुरुङ चौथो भए ।

कायक स्प्रिन्ट विधामा जेसन गुरुङ प्रथम भए भने रविन्द्र चेपाङ दोस्रो, केशव घर्ती मगर तेस्रो र कृष्ण खड्का चौथो स्थानमा रहे । कायक क्रस प्रतिस्पर्धामा डम्मर बहादुर पूर्वाछाने प्रथम भए । यसै विधामा रविन्द्र चेपाङ दोस्रो, सुरेन्द्र चेपाङ तेस्रो र मोहन राना चौथो स्थान प्राप्त गरे ।

त्यसैगरी १० किलोमिटरको राफ्ट रेसमा प्याडल नेपाल पहिलो हुँदै ५० हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भयो । यस विधामा जलदेवी एड्भेन्चर दोस्रो, नेपाल कायक क्लब तेस्रो र राफ्टिङ एड्भेन्चर नेपाल चौथो भएका छन् । राफ्ट रेसमा कुल ११ टोली सहभागी थिए ।

यस कार्यक्रममा नेपालमा पहिलोपटक जल पर्यटन सुरुवात गर्ने हिमालयन एक्सप्लोरेसनलाई पनि विशेष सम्मान गरिएको छ ।

प्रतियोगिताको समापन समारोहमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा, बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, वरिष्ठ प्रबन्धक उदय भट्टराई, वरिष्ठ अधिकृत प्रदीप बस्नेत, नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष कमल ठकुरी, पूर्वअध्यक्ष गंगाप्रसाद नेपाल, चन्द्र बहादुर दाहाल लगायत सहभागि थिए ।

नाराका पूर्वअध्यक्ष चन्द्र बहादुर दाहालले ५० वर्ष लामो इतिहास बोकेको यो महोत्सव नदी–आधारित पर्यटन प्रवर्द्धनको महत्वपूर्ण मञ्च बनेको उल्लेख गरे । उनले त्रिशूली नदीको बैरेनीदेखि नारायणगढसम्मको क्षेत्र संरक्षण गर्दै नदी पर्यटन नीति बनाउनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आगामी दिनमा अन्तर्राष्ट्रिय सहभागिता अझ बढाउनुपर्ने बताए । उनले नेपाललाई विश्वस्तरमा ह्वाइटवाटर सेलिङ तथा राफ्टिङ पर्यटन उत्पादनका रूपमा स्थापित गर्न संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे । साथै त्रिशूली करिडोरमा प्रत्येक तीन–तीन महिनामा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरी काठमाडौंसँगै जोडिएको जल पर्यटनलाई विश्वस्तरमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटाले पर्यटन रोजगारी र देश विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै नेपाल साहसिक पर्यटनको हब बन्ने सम्भावना रहेको बताए । उनले राफ्टिङ क्षेत्रको विकासका लागि कानुनी व्यवस्था, सुरक्षा मापदण्ड र नदी संरक्षणमा विशेष ध्यान दिनुपर्ने धारणा राखे । साथै नदी उत्खनन, जलविद्युत् उत्पादन र राफ्टिङ गतिविधिलाई व्यवस्थित गर्न स्पष्ट वर्गीकरण आवश्यक रहेको उनले बताए ।

नाराका अध्यक्ष कमल ठकुरीले प्रतियोगिताका विजेता खेलाडीलाई बधाई दिँदै नदी संरक्षणको महत्वमा जोड दिए । उनले नदी दोहन रोक्न नसके नेपालको प्राकृतिक सम्पदा इतिहासमा मात्र सीमित हुने चेतावनी दिँदै नदी पर्यटन राफ्टिङ मात्र नभई हजारौँ मानिसको रोजगारी र जीविकासँग जोडिएको क्षेत्र भएको बताए ।

प्रतियोगितामा भरत गुरुङ, दिपेश गुरुङ, जीवन गुरुङ, तपन गुरुङ, महेन्द्र सारु मगर, डोलबहादुर गुरुङ, भिष्मराज थपलिया, मिम बहादुर मगर, विकास गुरुङ, मित्र गुरुङ, करन थपलिया, सुकबहादुर लामा, चुरामणी अर्याल र राजु श्रेष्ठ निर्णायक रहेका थिए भने विदेशी निर्णायकका रूपमा आना माथे सहभागी थिइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?