+
+
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते ८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।
  • एमाले सचिव पद्मा अर्यालले मोहन प्रसाद ओलीको निधन भएको जानकारी दिएकी हुन्।
  • मोहन प्रसाद ओलीको पार्थिव शरीर गुण्डुस्थित ओली निवासमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनायो।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।

एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिएकी हुन् । केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनायो ।

मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि आगजनी भएको थियो । त्यसयता उनी झापा गएका थिएनन् । त्यसअघिसम्म उनी झापास्थित घरमा आउजाउ गरिरहन्थे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?