News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाट नजिक महाकाली नदी किनारमा ३८ वर्षीया दीपा महर मृत फेला परेकी छन्।
- दीपा महर भारत घर भएकी र दशरथचन्द नगरपालिका–८ की माइत थिइन्।
- प्रहरी निरीक्षक सुरज सिंहले शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र अनुसन्धान भइरहेको बताए।
२९ फागुन, बैतडी । बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् ।
भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक, सुरज सिंहले जानकारी दिए ।
बिहीबार बिहान मृत फेला परेकी महरको शव शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक सिंहले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4