News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको मालिका गाउँपालिका–५ मा ४४ वर्षकी विमला सुनार मृत अवस्थामा फेला परेकी छन्।
- प्रहरीले ट्याक्टरको ठक्करबाट मृत्यु भएको आशंकामा लु ४ त ७५५५ नम्बरको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ।
- मृतकको कानमा चोट रहेको र घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
६ चैत, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–५ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् । वडा नम्बर–७ बस्ने ४४ वर्षकी विमला सुनार मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार छापाहिले राङ्लास्थित राङ्लाबाट पैंयाखर्क जाने भित्री सडक खण्डमा उनी अचेत अवस्थामा फेला परेकी थिइन् ।
अचेत अवस्थामा फेला परेकी उनलाई उनको श्रीमान र स्थानीयले करिब ५० मिटर तल ग्राउन्डमा उद्धार गरी लगेका थिए । तर उनको मृत्यु भएपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरी चौकी इस्माबाट प्रहरी टोली घटनास्थल पुगेको छ । शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।
ट्याक्टरको ठक्करबाट उनको मृत्यु भएको हुन सक्ने आशंकामा लु ४ त ७५५५ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।
मृत फेला परेकी महिलाको कानमा चोट रहेको प्रहरीले जनाएको छ । यससम्बन्धी थप विवरण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4