News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको सिमकोट गाउँपालिका-४ बुराउँसेमा अन्दाजी ५५/६० वर्षीया महिलाको शव बिहीबार फेला परेको छ।
- जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालले महिलाको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको बताए।
५ चैत, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-४ स्थित बुराउँसेमा एक महिला मृत फेला परेकी छन् ।
प्रहरीका अनुसार पहिचान खुल्न नसकेकी अन्दाजी ५५/६० वर्षीया महिलाको शव बिहीबार फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालका अनुसार भाँडाकुँडा बोकेको अवस्थामा पहिचान खुल्न नसकेको महिलाको शव फेला परेको हो ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4