+
+
Shares

औषधि उत्पादनका लागि सहुलियत ऋण प्रवाह गर्न व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १७:३८

३० फागुन, काठमाडौं । औषधि व्यवसायीहरुले औषधि उत्पादनका लागि सहुलियत दरमा ऋण प्रवाह गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल औषधि उत्पादक संघ (एप्पोन) द्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ‘नेपाल फर्मा एक्स्पो–२०२६’ मा सहभागी भएका औषधि व्यवसायीहरुले सो माग गरेका हुन् ।

सरकारले नीतिगत रुपमानै सहुलियतदरमा ऋण प्रवाह, कर छुटको व्यवस्था गर्नंसके नेपालको औषधि उत्पादन गुणस्तरीय हुने र त्यसमा नेपाललाई छिट्टै आत्मनिर्भर बनाउन सकिने एप्पोनका मिडिया संयोजक शैलेस वैद्यले बताए ।

‘यो गभर्मेन्ट र प्राईभेट क्षेत्रको पार्टनरसिपमा अघि बढ्नुपर्दछ । यो प्राईभेट इन्डस्ट्रीले के गरिराखेको छ होइन कि बरु तपाईंहरूलाई अघि बढाउनका लागि कसरी सहयोग गर्न सक्दछौं ? भन्ने भावना सरकारको हुनपर्दछ । जस्तो पोलिसी लेवलदेखि लिएर इम्पोर्ट पोलिसीदेखि लिएर, जस्तै टेक्नोलोजी ल्याउँदा त्यसमा कसरी सहयोग गर्ने ?,’ उनले भने, ‘लोनहरूको सवसिटी दिनेदेखि लिएर टेक्निकल इन्ह्यान्समेन्टदेखि लिएर सवसिटी दिने, सफट लोन दिने । त्यसले गर्दा क्यापासिटी बिल्डिङ टेक्नोलोजीमा अगाडि बढन सक्छौ । त्यसले गर्दा औषधिमा आत्मनिर्भर हुन सहयोग पुग्दछ । गुणस्तरीय औषधि निर्माणमा पनि यसले महत्वपूर्ण योगदान पुर्‍याउन सक्दछ ।’

३ दिनसम्म सञ्चालनमा आएको सो एक्स्पो आज समापन हुँँदैछ । एक्स्पोमा स्वदेशी तथा विदेशी कम्पनीका औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याव टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ, उत्पादक र मेसिनको प्रदर्शन गरिएको थियो ।

एक्स्पोमा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको एप्पोनले जनाएको छ । सो एक्स्पोमा चिकित्सक, नर्स, औषधि उत्पादनकर्ता, विद्यार्थीलगायतको उल्लेख्य सहभागिता  रहेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?