+
+
Shares

निर्वाचन क्षेत्रमै व्यस्त केपी खनाल, भन्छन्- मतदाताका गुनासा र आशीर्वाद लिएर मात्रै फर्कन्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १८:१७

३० फागुन, काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनका अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक सांसदहरूको नामावली पठाउन पत्राचार गरेको छ ।

यसैबीच दलहरूले आ–आफ्नो तयारी अघि बढाएका छन् ।

उता, करिब दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । प्रधानमन्त्री घोषणा गरिसकेको रास्वपाले अब बन्ने मन्त्रिपरिषद् र प्रधानमन्त्रीको टिम कस्तो हुने भन्ने गृहकार्यमा जुटेको सो पार्टी निकट नेताहरू बताउँछन् ।

यसैबीच रास्वपाबाट कैलाली क्षेत्र नम्बर २ मा निर्वाचित केपी खनाल भने काठमाडौं फर्किएका छैनन् ।

उनी अहिले पनि आफ्नो निर्वाचन क्षेत्रका विभिन्न वडामा पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् । उनले आफ्ना गतिविधिहरू पनि सञ्जालमार्फत साझा गरिरहेका छन् ।

कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारसँग फराकिलो मतान्तरले विजयी भएका खनाल सानै उमेरमा सरसफाइ अभियन्ताका रूपमा चिनिएका व्यक्ति हुन् ।

उनी बालेन निकट पात्रका रुपमा पनि चिनिन्छन् । आफ्ना क्षेत्रको विकट पालिकाहरूमा पुगेर उनले आफू माननीय नभइ यही ठाउँको छोरा भएको बताउँदै आएका छन् ।

‘आमा बुवा मलाई माननीय होइन आफ्नो छोरा भाइ सम्झेर आशिर्वाद दिनुहोस्,’ खनालले भनेका छन्, ‘तपाईंहरूको आशिर्वाद र गुनासा लिएर मात्रै काठमाडौं जान्छु ।’

खनालले काठमाडौंमा ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नारासहित क्लिन काष्ठमण्डप अभियानमार्फत खनालले सरसफाइ अभियान चलाएका थिए ।

रास्वपाकै धेरै सांसदहरू चुनाव जित्नासाथ काठमाडौं आइपुग्दा उनी भने मतदातासँगै गुनासा समेटिरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?