१ चैत, धनकुटा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का धनकुटा जिल्ला इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले पदबाट राजीनामा दिएका छन् ।
उनले २०८२ फागुन ३० गतेदेखि लागू हुने गरी पद त्याग गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
पार्टीको किराँत लिम्बुवान प्रदेश समितिलाई सम्बोधन गरिएको पत्रमा फागुन २१ को निर्वाचनमा अपेक्षित मत प्राप्त हुन नसकेकाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको व्यहोरा उल्लेख छ ।
कोइराला नेकपा (माओवादी) को केन्द्रीय सदस्य समेत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4