News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादीले आउँदो संसदीय चुनावमा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई रोल्पाबाट एकल रूपमा सिफारिस गरेको छ।
- नेता अनिल बिरहीले विप्लवलाई प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट एकल सिफारिस गरिएको जानकारी दिएका छन्।
- रोल्पाबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र नेता वर्षमान पुन पनि उम्मेदवार सिफारिस भएका छन्।
२३ पुस, बुटवल । आउँदो संसदीय चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादीले पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई रोल्पाबाट एकल रूपमा सिफारिस गरेको छ ।
माओवादीका नेता अनिल बिरहीले महासचिव विप्लवलाई प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट एकल सिफारिस गरेको जानकारी दिए । रोल्पा पुर्ख्यौली घर भएका विप्लव पछिल्लो समय कपिलवस्तुको शिवगढीमा बस्दै आएका छन् ।
एउटै निर्वाचन क्षेत्र रहेको रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेता वर्षमान पुन अनन्तलगायत पनि उम्मेदवार सिफारिस भएका छन् ।
रोल्पा माओवादी सशष्त्र युद्धको उद्गमस्थल मानिन्छ । २०७९ सालको निर्वाचनमा वर्षमानले यही क्षेत्रबाट निर्वाचन जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4