+
+
Shares

गुल्मीमा चट्याङ लागेर एक महिला घाइते

गुल्मीको रुरु गाउँपालिका–१ भटकुवामा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १५:०२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको रुरु गाउँपालिका–१ भटकुवामा चट्याङ लाग्दा ५० वर्षीया मन्जु ज्ञवाली घाइते भएकी छन्।
  • उनको अवस्था मध्यम रहेको र उपचारका लागि रिडी प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।
  • चट्याङले ४७ वर्षीय मधु ज्ञवालीको घरमा बिजुलीको तार जलेर नष्ट भएको र श्री भटकुवा आधारभूत विद्यालयमा विद्युत् लाइन सर्ट भएको छ।

१ चैत, गुल्मी । गुल्मीको रुरु गाउँपालिका–१ भटकुवामा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन् ।

आइतबार बिहान करिब ११:२० बजेतिर घरको भान्सा कोठामा काम गरिरहेकी स्थानीय ५० वर्षीया मन्जु ज्ञवालीलाई चट्याङ लाग्दा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि रिडी प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।

त्यस्तै सोही स्थानका ४७ वर्षीय मधु ज्ञवालीको घरमा चट्याङ पर्दा बिजुलीको तार जलेर नष्ट भएको छ भने मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

यसैगरी सोही स्थानमा रहेको श्री भटकुवा आधारभूत विद्यालयमा पनि चट्याङ पर्दा कुनै मानवीय वा भौतिक क्षति नभए पनि विद्युत् लाइन सर्ट भएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?