+
+
Shares

अस्कर रेडकार्पेटमा चम्किए स्टार (तस्वीर)

आकारका हिसाबले मात्र होइन, प्रभावका हिसाबले पनि अस्करको रेड कार्पेट निकै भव्य मानिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १३:५७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउडको सबैभन्दा ठूलो फिल्म अवार्ड अस्कर सोमबार बिहान नेपाली समयानुसार प्रदान गरिएको छ।
  • अस्करको रेड कार्पेट करिब ९०० फिट लामो र ६० फिट चौडा छ, जसमा ४०० भन्दा बढी कामदारले २४०० घण्टा मेहनत गरेका छन्।
  • यस वर्षको रेड कार्पेटमा जेसी बक्ली, केट हडसन, एल फ्यानिङ लगायतका कलाकारले पुरानो हलिउड शैलीबाट प्रेरित फेसन प्रस्तुत गरे।

लस एन्जलस । हलिउडको सबैभन्दा ठूलो फिल्म अवार्ड समारोह अस्कर नेपाली समयानुसार सोमबार बिहान प्रदान गरिएको छ । त्यसअघि आयोजित रेड कार्पेटमा स्टारहरूले फेसनको सौन्दर्य प्रस्तुत गरे ।

आकारका हिसाबले मात्र होइन, प्रभावका हिसाबले पनि अस्करको रेड कार्पेट निकै भव्य मानिन्छ । करिब ९०० फिट लामो र ६० फिट चौडा यो रेड कार्पेट तयार पार्न झण्डै २४०० घण्टा समय र ४०० भन्दा बढी कामदारको मेहनत लाग्ने बताइन्छ । मनोरञ्जन क्षेत्रमा यादगार, आकर्षक र भव्य फेसन प्रस्तुतिका कारण यो रेड कार्पेट सधैं चर्चामा हुन्छ ।

यस वर्ष पनि धेरै कलाकारले हलिउडको पुरानो शैलीबाट प्रेरणा लिएको देखियो । यसअघि जनवरीमा आयोजित गोल्डेन ग्लोब अवार्डमा ‘ओल्ड हलिउड ग्ल्यामर’ शैली निकै देखिएको थियो भने दुई साता अघि भएको एक्टर अवार्ड समारोह पनि ‘२० र ३० को दशकको हलिउड ग्ल्यामरलाई नयाँ ढंगले प्रस्तुत गर्ने’ अवधारणामा आधारित थियो ।

यस वर्ष उत्कृष्ट अभिनेत्री तथा सहायक अभिनेत्री विधाका मनोनयनमा परेका जेसी बक्ली, केट हडसन, एम्मा स्टोन, एल फ्यानिङ, वुनमी मोसाकु र टेयाना टेलरले रेड कार्पेटमा आफ्नो शैलीले ध्यान खिचे । त्यस्तै अभिनेता पेड्रो पास्कल, माइकल बी. जोर्डन, टिमोथी सालामे, डेलरोय लिन्डो र जेकब एलोर्डी पनि आकर्षक पहिरनमा देखिए ।

एल फ्यानिङ (सारा बर्टनको गिभेन्ची डिजाइन), मकेना ग्रेस तथा ‘के-पप डेमन हन्टर्स’ का कलाकार अड्रे नुना र जी-योङ यू भव्य बलगाउनमा देखिए । उता टेयाना टेलर (शानेल), निकोल किडम्यान, डेमी मूर र माया रुडोल्फले प्वाँख र फ्रिन्ज डिजाइनका पहिरन रोजेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?