+
+
Shares

रेसुङ्‍गा क्षेत्रमा लालीगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

अहिले रेसुङ्गा क्षेत्रमा लालीगुराँस फुलेर रमणीय बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेसुङ्गा नगरपालिकाले धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको रेसुङ्गा क्षेत्रको प्राकृतिक सौन्दर्य जोगाउन सबैलाई आग्रह गरेको छ।
  • नगरपालिकाका प्रमुख प्रशासकी अधिकृत बाबुराम पल्लीले आगन्तुकहरूले लालीगुराँस लगायत वनस्पतिमा क्षति पुर्‍याउने कार्य बढेको गुनासो आएको बताएका छन्।
  • नगरपालिकाले रेसुङ्गाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्व जोगाउन संरक्षणमा सहयोग गर्न सबै नागरिक र पर्यटकलाई अपिल गरेको छ।

४ चैत, गुल्मी । रेसुङ्गा नगरपालिकाले धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको रेसुङ्गा क्षेत्रको प्राकृतिक सौन्दर्य जोगाउन सबैलाई आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकी अधिकृत बाबुराम पल्लीले एक सूचना जारी गर्दै पछिल्लो समय विभिन्न स्थानबाट भ्रमणका लागि आउने आगन्तुक तथा पर्यटकहरूले रेसुङ्गा क्षेत्रका लालीगुराँस लगायत अन्य वनस्पतिहरूमा क्षति पुर्‍याउने कार्य बढेको गुनासो आएको उल्लेख गरेका छन् ।

यसले क्षेत्रको प्राकृतिक सुन्दरता घट्दै गएको र वातावरणीय सन्तुलनमा असर परेको उल्लेख छ ।

नगरपालिकाले यस्तो कार्य नगर्न सबै नागरिक तथा पर्यटकहरूलाई आग्रह गर्दै रेसुङ्गाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्व जोगाउन सहयोग गर्न अपिल गरेको छ।

यस सम्बन्धमा सरोकारवाला निकाय तथा सर्वसाधारणबाट समेत संरक्षणमा सहयोगको अपेक्षा गरिएको छ। अहिले रेसुङ्गा क्षेत्रमा लालीगुराँस फुलेर रमणीय बनेको छ । जसले गर्दा विभिन्न ठाउँबाट मानिसहरू रेसुङ्‍गा पुग्ने गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?