+
+
Shares

युरोप युद्धको तयारीमा छ, तर हंगेरी सहभागी हुँदैन : प्रधानमन्त्री ओर्बान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेन–रुस द्वन्द्वमा आफ्नो देश सहभागी नहुने स्पष्ट पारेका छन्।
  • ओर्बानले युरोपेली संघले द्वन्द्व बढावा दिन हतियार र पैसा युक्रेन पठाइरहेको आरोप लगाए।
  • उनले आगामी अप्रिल १२ को निर्वाचनमा पार्टी विजयी भए हंगेरीलाई युद्धबाट टाढा राख्ने प्रतिबद्धता जनाए।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोप युद्धको संघारमा पुगेको चेतावनी दिँदै आफ्नो देश कुनै पनि हालतमा युक्रेन–रुस द्वन्द्वमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

डनाउभायभारोस सहरमा आयोजित एक चुनावी र्‍यालीलाई सम्बोधन गर्दै ओर्बानले युरोपेली संघको नेतृत्व द्वन्द्वलाई बढावा दिन उदृत रहेको आरोप लगाए ।

उनले भने, “अहिले उनीहरूले युक्रेनलाई हतियार र पैसा पठाइरहेका छन्, तर पछि युरोपेली सैनिकहरू नै त्यहाँ पठाउने सहमति भइसकेको छ।”

आगामी अप्रिल १२ मा हुने संसदीय निर्वाचनको प्रचारप्रसारका क्रममा ओर्बानले आफ्नो पार्टी विजयी भएमा हंगेरीलाई यो युद्धबाट टाढै राख्ने प्रतिबद्धता जनाए।

उनले हंगेरीले न त युक्रेनलाई हतियार पठाउने, न त आफ्नो पैसा र सैनिक नै परिचालन गर्ने दाबी गरे। युरोपमा बढ्दो सैन्य तनावका बीच ओर्बानको यो अभिव्यक्तिले युरोपेली संघभित्रको आन्तरिक मतभेदलाई अझ प्रष्ट पारेको छ।

हंगेरीले युक्रेनलाई दिइने सैन्य सहायता रोक्न यसअघि पनि पटक पटक ‘भिटो’ प्रयोग गर्दै आएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?