News Summary
Generated by OK AI. Editorially reviewed.- हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब युरोको सैन्य ऋण रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन्।
- ओर्बानले युक्रेनले द्रुज्बा पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्याएका छन्।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब युरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् ।
ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ‘द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्याउएका छन् ।
सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले यो कोष विनियोजन गर्ने निर्णय गर्दा हंगेरी, स्लोभाकिया र चेक गणतन्त्रले यसमा सहभागी नहुने तर अरूलाई नरोक्ने बताएका थिए।
‘तर अहिले स्थिति बदलिएको छ, युक्रेनले हंगेरीमाथि तेल नाकाबन्दी लगाएको छ,’ ओर्बानले भने।
उनका अनुसार यो ऋणका लागि ईयूका सबै सदस्य राष्ट्रहरूको सर्वसम्मत निर्णय आवश्यक पर्दछ, जुन अहिले हंगेरी र स्लोभाकियाको अवरोधका कारण अन्योलमा परेको छ।
ओर्बानले थपे , ‘यदि युक्रेनले डिसेम्बरमै यो नाकाबन्दी लगाएको भए हामीले यो ऋण कहिल्यै अनुमोदन गर्ने थिएनौं। अहिले नाकाबन्दी सहेर म केही नभएको जस्तो अभिनय गर्न सक्दिनँ।’
प्रतिक्रिया 4