+
+
Shares

युक्रेनलाई दिइने ९० अर्ब यूरोको ऋण स्वीकृत नगर्ने हंगेरीको अडान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई दिइने ९० अर्ब यूरोको सैन्य ऋण रोक्ने कानुनी अधिकार रहेको स्पष्ट पारेका छन्।
  • ओर्बानले युक्रेनले 'द्रुज्बा' पाइपलाइनबाट रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाए ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन्।
  • ईयू काउन्सिलले २०२५ डिसेम्बरमा ऋण विनियोजन गर्ने निर्णय गर्दा हंगेरी, स्लोभाकिया र चेक गणतन्त्रले सहभागी नहुने बताएका थिए।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् ।

ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ’द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन् ।

सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले यो कोष विनियोजन गर्ने निर्णय गर्दा हंगेरी, स्लोभाकिया र चेक गणतन्त्रले यसमा सहभागी नहुने तर अरूलाई नरोक्ने बताएका थिए ।

‘तर अहिले स्थिति बदलिएको छ, युक्रेनले हंगेरीमाथि तेल नाकाबन्दी लगाएको छ,’ ओर्बानले भने ।

उनका अनुसार यो ऋणका लागि ईयूका सबै सदस्य राष्ट्रहरूको सर्वसम्मत निर्णय आवश्यक पर्दछ, जुन अहिले हंगेरी र स्लोभाकियाको अवरोधका कारण अन्योलमा परेको छ ।

ओर्बानले थपे, ‘यदि युक्रेनले डिसेम्बरमै यो नाकाबन्दी लगाएको भए हामीले यो ऋण कहिल्यै अनुमोदन गर्ने थिएनौं । अहिले नाकाबन्दी सहेर म केही नभएको जस्तो अभिनय गर्न सक्दिनँ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?