+
+
Shares

निर्वाचन सफल भएकामा धन्यवाद दिँदै मुगु हुँदै जुम्ला पुगिन् प्रधानमन्त्री

उनले स्थानीय बासिन्दाहरूसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी र नागरिकप्रति धन्यवाद व्यक्त गर्न कर्णाली भ्रमण गरिन्।
  • प्रधानमन्त्री कार्कीले मुगु र जुम्लामा जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरी सीमित स्रोत र कठिन भूगोलमा प्रभावकारी समन्वय र प्रतिबद्धता प्रशंसा गरिन्।
  • उनले कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गर्दै स्थानीय बासिन्दा र विद्यार्थीबाट स्वागत पाएकी छन् र लोकतान्त्रिक अभ्यास सफल बनाउन देखाइएको एकता र सहकार्यप्रति धन्यवाद व्यक्त गरिन्।

५ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज देशको विकट पहाडी क्षेत्र कर्णालीको भ्रमणमा छिन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन फिल्डमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा नागरिकप्रति धन्यवाद व्यक्त गर्न उनी कर्णाली पुगेकी हुन् ।

प्रधानमन्त्री कार्की आज बिहान मुगु जिल्लाको रारा पुगिन् । जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरिन् । त्यसपछि उनी जुम्लाको खलंगा पुगेर जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग छलफल गरिन् ।

सो क्रममा उनले सीमित स्रोत–साधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गरेकी छन् ।

उनले स्थानीय बासिन्दाहरूसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन्।

‘देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ’ उनले भनिन् ।

यसैक्रममा, प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गरिन् । विसं २०३७ सालमा स्थापना भएको उक्त संस्थालाई नेपालकै पहिलो प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ।

विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाहरूले प्रधानमन्त्रीलाई लालीगुराँस दिएर स्वागत गरेका थिए।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?