+
+
Shares

चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएको छ।
  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ चैत १२ गते बिहान साढे ११ बजे हुने तय भएको छ।
  • चैत १६ गते संघीय संसद्को पहिलो बैठक बोलाउने तयारी अघि बढेको छ।

५ चैत, काठमाडौं । यही चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी अघि बढेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएको छ । योसँगै राष्ट्रपति कार्यालयले संघीय संसद्को अधिवेशन बोलाउनेबारे तयारी गरेको हो ।

बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । जहाँ प्रतिनिधिसभा सदस्यको शपथ र प्रतिनिधिसभा बैठक सञ्चालनका विषयमा छलफल भएको थियो ।

छलफलले नवनिर्वाचित सदस्यहरूको शपथ यही चैत १२ गते हुने तय गरेको छ । १२ गते बिहान साढे ११ बजे ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनेछन् । सोही दिन दिउँसो २ बजे ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् ।

त्यसपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । १३, १४ र १५ गते सरकार गठन र त्यससँग सम्बिन्धित कार्य हुनेछ ।

चैत १६ गते प्रतिनिधिसभाको पहिलो बैठक बोलाउने तयारी रहेको छ । यो विषय सर्वदीय बैठकमा समेत जानकारी गराइएको थियो ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले शपथपछि अधिवेशन आह्वान हुने बताए ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले पनि शपथपछि सरकार गठन र लगत्तै संसद् अधिवेशन आह्वान हुनेबारे ब्रिफिङ भएको जानकारी दिए ।

‘१६ गते पहिलो बैठक बोलाउने भन्नेबारे छलफल भएको छ । शपथपछिको त्यही दिन उपयुक्त हुनेगरी संसद् सचिवालयले तयारी अघि बढाएको ब्रिफिङ पनि बैठकमा भयो,’ मल्लले अनलाइनखबरसँग भने ।

बिहीबार सर्वदलीय बैठकमा पहिलो बैठकमा के कस्ता एजेण्डा हुनेछन् भनेर समेत छलफल भएको छ ।

त्यसदिन राष्ट्रपतिले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू पढेर सुनाउने, दलका नेताहरूले बोल्न चाहेको खण्डमा शुभकामना मन्तव्यका लागि समय दिने लगायतका कार्यसूची राख्ने अभ्यास छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?