News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीको बुटवल लगायतका क्षेत्रमा आज दिउँसै बादल, हावाहुरी र वर्षाका कारण अँध्यारो भएको छ।
- मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार लुम्बिनी प्रदेशका जिल्लामा हावाहुरी चलेको छ।
- हावाहुरीपछि पानी परेपछि कालो बादल हटेर केही उज्यालो देखिन थालेको छ।
६ चैत, बुटवल । रुपन्देहीको बुटवल लगायतका क्षेत्रमा आज दिउँसै अँध्यारो भएको छ ।
बादलसँगै हावाहुरी र वर्षाका कारण बुटवल लगायतका क्षेत्रमा दिउँसै अँध्यारो भएको हो । अँध्यारोका कारण बुटवल बजार क्षेत्रमा गुडेका गाडीहरूले दिउँसै बत्ती बाल्नु परेको थियो भने तीव्र हावाहुरीका कारण सडकमै गाडी रोक्नुपर्ने अवस्था आएको थियो ।
मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशको रुपन्देही लगायत दाङ, बाँके, कपिलवस्तु लगायतका जिल्लामा हावाहुरी चलेको छ । केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ ।
पानी पर्न थालेसँगै कालो बादल हटेर केही उज्यालो देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4