+
+
Shares

अब ७६१ वटै सरकारका वित्तीय सूचक एउटै ड्यासबोर्डमा हेर्न सकिने

विश्व बैंक नेपालले तयार गरेको उक्त ड्यासबोर्डमार्फत संघ, प्रदेश र स्थानीय तह गरेर तीनै तहका सरकारको बजेट, राजस्व, खर्च, ऋण र वित्तीय सूचक एकै ठाउँमा हेर्न, विश्लेषण गर्न र डाउनलोड गर्न सकिने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते २०:५०

६ चैत, काठमाडौं । ‘नेपाल फिस्कल ड्यासबोर्ड’मार्फत तीनै तहका सरकारको वित्तीय सूचक हेर्न सकिने भएको छ ।

विश्व बैंक नेपालले तयार गरेको उक्त ड्यासबोर्डमार्फत संघ, प्रदेश र स्थानीय तह गरेर तीनै तहका सरकारको बजेट, राजस्व, खर्च, ऋण र वित्तीय सूचक एकै ठाउँमा हेर्न, विश्लेषण गर्न र डाउनलोड गर्न सकिने भएको हो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा शुक्रबार आयोजित कार्यक्रममा नेपाल विश्व बैंक समूहले सो विषयमा प्रस्तुतीकरण गरेको थियो । गत महिना सार्वजनिक भइसकेको ड्यासबोर्डबाट मुलुकको तीनै तहका सरकारी आय, खर्च र ऋणसम्बन्धी तथ्याङ्क प्राप्त गर्न सकिने जनाइएको छ ।

यो ड्यासबोर्डमार्फत संघ, प्रदेश र स्थानीय तहको बजेट, राजस्व स्रोत र खर्च उपलब्ध हुने छ । ती सबै तथ्याङ्कलाई एउटै ‘प्लेटफर्म’मा ल्याएर ‘भिजुअलाइज’ र विश्लेषण गर्न मिल्ने बनाइएको हो । यो ड्यासबोर्ड एकीकृत प्रणालीको अन्तरक्रियात्मक र प्रयोगकर्तामैत्री रहेको बैंकले जनाएको छ ।

ड्यासबोर्डमा सन् २०१८ देखि २०२२ सम्मका ऐतिहासिक तथ्याङ्क समावेश गरिएको छ । नयाँ तथ्याङ्क अद्यावधिक गरिँदै लैजाने बैंकले जनाएको छ । स्रोतका रूपमा बजेट भाषण, महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन गर्ने एकीकृत वित्तीय विवरण र नेपाल राष्ट्र बैंकलगायत सार्वजनिक निकायका तथ्याङ्क प्रयोग गरिएको छ ।

ड्यासबोर्ड प्रयोग गर्न कुनै अनुमति आवश्यक नपर्ने र जोकोहीले स्वतन्त्र रूपमा प्रयोग गर्न सक्ने बताइएको छ । तर तथ्याङ्क सरकारी स्रोतबाट आएकाले स्रोत उल्लेख गर्नु उपयुक्त हुने जनाइएको छ । –रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?