+
+
Shares

‘ग्लोबल मनी विक’ मा एभरेस्ट बैंकको वित्तीय सचेतनामूलक कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेस्ट बैंकले चैत २ देखि ८ गतेसम्म साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
  • कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका शाखाबाट ३ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरताको सन्देश प्रवाह गरेको छ।
  • एभरेस्ट बैंकका १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ एटीएमहरू देशभर सञ्चालनमा छन्।

९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेस्ट बैंकले ग्लोबल मनी विकको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । चैत २ देखि ८ गतेसम्म साताव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

यस कार्यक्रम अन्तर्गत बैंकले आफ्ना ७ वटै प्रदेशका शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

बैंकका अनुसार कार्यक्रममा ३ हजार भन्दा बढी विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गरिएको छ । ‘उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा नै अवलोकन गराई सेवाहरूबारे व्यावहारिक जानकारी समेत गराइएको छ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।

‘स्मार्ट मनी टक्स’भन्ने नाराका साथ सञ्चालन गरिएका यी कार्यक्रममा युवाहरूलाई वित्तीय ज्ञान, सिप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबारका साथै बैंकहरूले दिने सेवा र त्यसमा अपनाउनुपर्ने सावधानी जस्ता महत्त्वपूर्ण विषयहरूमा सचेत गराइएको थियो ।

एभरेष्ट बैंकका हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक छन् भने देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू र १६३ वटा एटीएम सञ्चालनमा छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?