+
+
Shares

एभरेस्ट बैंकको वितरणयोग्य नाफा ४ अर्ब बढी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको तुलनामा ३.७१ प्रतिशत कम हो।
  • बैंकको खुद ब्याज आम्दानी १.३३ प्रतिशत बढेको छ भने लोन लस प्रोभिजन २७ करोड २९ लाखबाट ७७ करोड ७३ लाख रुपैयाँ पुगेको छ।
  • वितरणयोग्य नाफा ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ रहेको र बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशत मात्र रहेको छ।

१४ वैशाख, काठमाडौं । एभरेस्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा सामान्य घटे पनि वितरणयोग्य नाफा बढेको छ ।

चालु आवमा चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन रकम गत आवको यसै अवधिको तुलनामा ३. ७१ प्रतिशत कम हो । पहिलो यो अवधिमा बैंकको खुद नाफा ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ थियो । लोन लस प्रोभिजन केही बढेका कारण बैंकको खुद नाफामा असर परेको हो ।

खुद ब्याज आम्दानी १.३३ प्रतिशत बढेको । लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) २७ करोड २९ लाख रुपैयाँबाट बढेर ७७ करोड ७३ लाख रुपैयाँ पुगेको छ। जसका कारण खुद नाफामा असर पर्‍यो ।

प्रतिसेयर आम्दानी पनि सामान्य घटेर ३२ रुपैयाँ ३५ पैसामा झरेको छ। पहिलो ३५ रुपैयाँ ६१ पैसा थियो । प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा छ।

वितरणयोग्य नाफाका आधारमा बैंक सशक्त छ । लाभांश बाँड्न सक्ने रकम ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ३९ रुपैयाँ ३४ पैसा रहेको छ। १३ अर्ब ७२ करोड चुक्ता पूँजी रहेको बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशत मात्रै छ । बैंकको आधार दर घटेर ४.५७ प्रतिशतमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?