+
+
Shares

एभरेस्ट बैंकले प्रकाशन गर्‍यो २०८३ सालको क्यालेन्डर

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट बैंकले वि.सं. २०८३ सालको नयाँ कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ।
  • क्यालेन्डरमा 'नेपालको विकास यात्राः नवप्रवर्तनका आयाम' विषयवस्तुका रूपमा समेटिएको छ।
  • बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले क्यालेन्डर अनावरण गर्नुभएको थियो।

६ चैत, काठमाडौं । एभरेस्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्त्वका विषयवस्तुहरूलाई समेटेर कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । यसै परम्परालाई निरन्तरता दिने क्रममा बैंकले वि.सं. २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।

यस वर्षको क्यालेन्डरमा उन्नाइसौं शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने ‘नेपालको विकास यात्राः नवप्रवर्तनका आयाम’ लाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको बैंकले जनाएको छ ।

एक विशेष समारोहका बीच बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले २०८३ सालको क्यालेन्डर अनावरण गरे । उक्त समारोहमा बैंकका सञ्चालकहरू लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

बैंकका हाल १४ लाखभन्दा बढी ग्राहक छन् भने देशैभरि १३३ शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १६३ वटा एटीएम सञ्चालनमा छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?