+
+
Shares

आगलागीबाट १० बिघामा लगाइएको उखु खेती नष्ट

सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको रामनगर गाउँपालिका–१ महादेव टोलमा उखु काटेर फालेको पात जलाउँदा करिब १० बिघा उखु जलेर नष्ट भएको छ।
  • वडा अध्यक्ष ब्रह्मदेव चौधरीले 'उखुको पातहरू जलाउँदा आगो नियन्त्रणबाहिर भयो' भने।
  • यसअघि गोडैता नगरपालिका–४ रोहुवामा विद्युत् तार सर्ट भएर ५० बिघाभन्दा बढी उखु जलेर नष्ट भएको थियो।

१० चैत, सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ ।

रामनगर गाउँपालिका–१ महादेव टोलको पूर्वतर्फ रहेको उखु खेतमा आगलागी भएको हो ।

स्थानीय बच्चेलाल रायको ५ कठ्ठामा लगाइएको उखु काटेर फालेको पात जलाउने क्रममा काट्न बाँकी रहेको उखुमा सल्किएको वडा अध्यक्ष ब्रह्मदेव चौधरीले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने, ‘उखुको पातहरू जलाउँदा आगो नियन्त्रणबाहिर भयो, ठूलो क्षति भएको हो ।’

यसअघि पनि गोडैता नगरपालिका–४ रोहुवामा विद्युत् तार सर्ट भई ५० बिघाभन्दा बढीमा लगाइएको उखु जलेर नष्ट भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?