+
+
Shares

गोली र लागु औषधसहित बौद्धबाट २ युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बौद्धबाट २४ वर्षीय सुनिल शान्थल र २९ वर्षीय सुदीप बन्जारा लागु औषध र गोलीसहित पक्राउ परेका छन्।
  • सान्थललाई २.२९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो र उनले उक्त औषध बन्जाराबाट खरिद गरेको बताए।
  • बन्जाराको कोठा खानतलासी गर्दा १०.५१ ग्राम खैरो हेरोइन, डिजिटल तराजु र १ राउण्ड गोली बरामद भएको एसएसपी रमेश थापाले उल्लेख गर्नुभयो।

११ चैत, काठमाडौं । गोली र लागु औषधसहित काठमाडौंको बौद्धबाट दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा घर भएका २४ वर्षीय सुनिल शान्थल र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का २९ वर्षीय सुदीप बन्जारा छन् ।

उनीहरूलाई प्रहरी बौद्धको टोलीले पक्राउ गरेको हो । सान्थललाई २.२९ ग्राम लागु औषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको थियो । उनले उक्त खैरो हेरोइन बन्जाराबाट खरिद गरेको बताएपछि प्रहरीले बन्जारालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनको कोठा खानतलासी गर्दा १०.५१ ग्राम खैरो हेरोइन, डिजिटल तराजु र १ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?