News Summary
Generated by OK AI. Editorially reviewed.- सिजी मोटोकर्पले पोखरामा आयोजित वाडा अटो शोमा पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल ई–भिटाराको बुकिङ खुला गरेको छ।
- ई–भिटाराको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र यो सीमित अवधिका लागि मात्र उपलब्ध छ।
- सुजुकीले सन् २०३० सम्म थप ६ नयाँ इलेक्ट्रिक भेहिकल लन्च गर्ने योजना बनाएको छ।
११ चैत, काठमाडौं । नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल ई–भिटाराको बुकिङ खुला गरेको छ ।
यो महत्त्वपूर्ण घोषणा बुधबार पोखरामा आयोजित वाडा अटो शोमा गरिएको हो, जहाँ कम्पनीले यसको निकै आकर्षक सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
यो विशेष सुरुवाती मूल्य सीमित अवधिका लागि मात्र रहेको कम्पनीले जनाएको छ । ‘जापानी अटोमेकरले भित्र्याएको यो पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल हो, जसले नेपालको विद्युतीय गाडी बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाई स्थापित गर्नेछ’ कम्पनीले भनेको छ ।
‘यो गाडी दुई उच्च–क्षमताका ब्याट्री विकल्प ४९ र ६१ किलोवाट आवरमा उपलब्ध छ, जसले क्रमशः १०६ किलोवाट र १२८ किलोवाटको दमदार पावर आउटपुट दिन्छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।
ई–भिटारा यो मूल्य दायरामा जापानी ब्रान्डबाट आउने पहिलो ईभी रहेको सीजी मोटोकर्पले जनाएको छ । ‘यो नवीनतम ब्याट्री प्रविधि र उच्च सुरक्षा मापदण्डहरूसहित सुसज्जित छ’ कम्पनीले भनेको छ । सुजुकीले सन् २०३० सम्म थप ६ नयाँ ईभी लन्च गर्ने जनाएको छ ।
प्रतिक्रिया 4