News Summary
Generated by OK AI. Editorially reviewed.- नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले जनताका आशा अपेक्षा पूरा गर्न मिहिनेत गर्ने जनाएका छन्।
- रास्वपाका सांसद दीपक बोहराले रवि लामिछाने र बालेन शाहले काम गर्न सक्छन् भन्ने आशा मर्न नदिने बताए।
- रास्वपा सांसद केपी खनालले जवाफदेहिता, पारदिर्शता र इमान्दारिताले जनताका सपना पूरा गर्ने भूमिका निर्वाह गर्ने बताए।
१२ चैत, काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले जनताका आशा अपेक्षा पूरा गर्न मिहिनेत गर्ने जनाएका छन् । शपथ ग्रहण समारोहमा सहभागी हुन सिंहदरबार पुगेका उनीहरुले पत्रकाहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
रास्वपाका अर्का सांसद दीपक बोहराले रवि लामिछाने र बालेन शाहले काम गर्न सक्छन् भन्ने आशा गरेर जनताले जिताएर संसदमा पठाएको भन्दै त्यो आशा मर्न नदिने बताए ।
नेकपा एमालेका सांसद क्षितिज थेबेले राष्ट्र र जनताको निम्ति देशको दर्बिलो अर्थतन्त्र निर्माणका लागि काम गर्ने बताए ।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सुशासनको पक्षमा आवाज निरन्तर उठाइरहने बताए । मुलुकलाई सुशासन र विधिको शासनको आधारमा अघि बढाउन भूमिका खेल्ने उनले बताए ।
सरकारले गरेको कामको आधारमा समर्थन र विरोध हुने बताउँदै उनले भने, ‘सुशासनको पक्षमा हाम्रो आवाज जो थियो त्यसलाई अझ राम्रोसँग उठाउँछौं । सरकारले गरेका राम्रा कामलाई समर्थन र गलत कामको विरोध गर्छौं ।’
रास्वपा सांसद केपी खनालले जवाफदेहिता, पारदर्शिता र इमान्दारिताले जनताका सपना पूरा गर्ने हुने बताउँदै सोही अनुसार भूमिका निर्वाह गर्ने बताए ।
सांसद सागर ढकालले देखिने गरी र जनताले अनुभूति गर्ने गरी काम गर्ने बताए ।
रास्वपाबाट समानुपातिक सांसद बनेकी रजनी श्रेष्ठले नेपाली खेलाडीको हकहित र सुविधाका लागि काम गर्ने बताइन् ।
रास्वपाकी अर्की सांसद निशा डाँगीले अझ बढी जिम्मेवारी बढेको महसुस भएको बताइन् ।
सांसद श्रद्धा कुँवरले काम गरेर देखाउने बताइन् ।
अर्का सांसद अच्युतम लामिछानेले उत्पादन बढाएर अधिकतम आयआर्जन गर्ने वातावरण बनाउन भूमिका खेल्ने बताए ।
प्रतिक्रिया 4