+
+
Shares

सांसदहरूले बुझाउन थाले सम्पत्ति विवरण

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १३:३५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद सचिवालयले प्रतिनिधिसभाका सदस्यहरूलाई जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन भनेको छ।
  • भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुसार सार्वजनिक पदधारीले ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था छ।
  • हाल १० जना बढी सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाइसकेका छन् र निर्वाचनपछि १२ चैतमा शपथ ग्रहण भएका सांसदहरूलाई यो सूचना जारी गरिएको हो।

३० चैत, काठमाडौं । सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउन थालेका छन् । संघीय संसद् सचिवालयमा सांसदहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।

१० जना बढीको सम्पत्ति विवरण प्राप्त भएको सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर प्रतिनिधिसभा सदस्यहरूलाई आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाइसक्न भनेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

यही व्यवस्था स्मरण गर्दै संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो ।

गत २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले यही १२ चैतमा शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?