News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीले ५० हजार रुपैयाँ मूल्यको घडी स्वआर्जनबाट रहेको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।
- उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको छ र आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ।
- मन्त्री चौधरीले ऋण लिएर स्कुटर खरिद गरेकी छन् र ५ वटा बैंकमा १ लाख २६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
२९ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीले ५० हजारको घडी लाउने गरेको पाइएको छ ।
आइतबार सार्वजनिक सम्पत्ति विवरणमा स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै मोबाइल ९० हजार रुपैयाँ र ल्याप्टप ७५ हजार रुपैयाँ रहेको जनाइएको छ ।
उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको छ । उक्त सुन र चाँदीको आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ ।
५ वटा बैंकमा गरी मन्त्री चौधरीको नाममा १ लाख २६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
मन्त्री चौधरीले ऋण काढेर एउटा स्कुटर खरिद गरेको उल्लेख छ । स्कुरट खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ ।
स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
सम्पत्तिको नाममा माइतीले दिएको २ वटा बाख्रा र १० कुखुरा रहेको जनाइएको छ ।
प्रतिक्रिया 4