+
+
Shares

जडिबुटी क्षेत्रको विकासका लागि कानुन सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताए।
  • मन्त्री चौधरीले विभागलाई अनुसन्धान संस्थासँग सहकार्य गरी प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण बनाउन निर्देशन दिए।
  • वनस्पती विभागले ६ सय ५८ प्रजातिका वनस्पतिहरू अभिलेखिकरण गरी ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको छ।

२९ चैत, काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छिन् ।

वनस्पती विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आईतवार आयोजित कार्यक्रममा उनले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सिमित राखिएको बताइन् ।

विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिइन् ।

‘हामीले वनस्पति क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारको रुपमा विकास गर्नुपर्छ । यसले ग्रामिण क्षेत्रको गरिबी न्युनिकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्न महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ,’ उनले भनिन्, ‘सरकार वनस्पति तथा जडिबुटी क्षेत्रको विकासको लागि आवश्यक नीति, ऐन र कानुनी सुधार गर्न प्रतिबद्ध छ ।’

उनले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने बताइन् । यसले राजश्व वृद्धिसँगै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको भनाइ छ ।

‘समयसापेक्ष सधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने वातवरण बनाउने र अनुसन्धानलाई प्रोत्साहन गर्ने हाम्रो लक्ष्य हो । युवाहरूलाई वनस्पति विज्ञान, जैविक अनुसन्धान र नवप्रवर्द्धनतर्र्फ आर्कषित गर्नुपर्छ,’ उनले भनिन् ।

अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै मन्त्री चौधरीले वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको उनले उल्लेख गरिन् ।

विभागले नेपालमा रहेका वानस्पतिक सम्पदाको वैज्ञानिक पद्धतिद्वारा अभिलेखिकरण गरी ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको छ ।

हाल ६ सय ५८ वटा प्रजातिका वनस्पतिहरूको अभिलेखिकरण भइसकेको विभागले जनाएको छ । कार्यक्रममा वानस्पातिक स्रोतको संरक्षण तथा विकासमा सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?