News Summary
Generated by OK AI. Editorially reviewed.- बालेन शाहको नयाँ गीत ‘जय महाकाली’ले रिलिजको ३ घण्टामै युट्युबमा १२ लाख पटक हेरिएको र सबैभन्दा छिटो १० लाख भ्यूज पाउने नेपाली गीत बनेको छ।
- पहिलो १ घण्टामा १ लाख ७ हजार, दुई घण्टामा ४ लाख ५८ हजार र तीन घण्टामा १ मिलियनभन्दा धेरै भ्यूज गीतले पाएको छ।
- ‘जय महाकाली’ले २४ घण्टामा सबैभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड तोड्ने पक्का छ, जुन हाल दुर्गेश थापा र सिसन बानियाँको गीतसँग थियो।
काठमाडौं । बालेन शाहको नयाँ गीत ‘जय महाकाली’ ले युट्युबमा कीर्तिमान रच्न थालेको छ । रिलिजको ३ घण्टामै यसलाई १२ लाख पटक हेरिएको छ ।
३ घण्टामा ‘रियल टाइम’ भ्यूज १५ लाख ७४ हजार छ । यसको अर्थ, बालेनको यो गीत युट्युब प्लाटफर्ममा सबैभन्दा छिटो १० लाख भ्यूज पाउने नेपाली गीत बनेको छ ।
पहिलो १ घण्टामा १ लाख ७ हजार भ्यूज, दुई घण्टामा ४ लाख ५८ हजार भ्यूज र तीन घण्टामा १ मिलियनभन्दा धेरै भ्यूजको आँकडा यसले राखेको छ ।
गीतले जसरी तीव्र गतिमा भ्यूज पाइरहेको छ, नेपाली गीतले युट्युबमा पाउने यो दुर्लभ उपलब्धि हो । भ्यूजको गति हेर्दा यसले २४ घण्टामा युट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड राख्ने पक्का छ ।
अहिलेसम्म यो रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको गीत ‘जाने भए जाम माया’को नाममा छ, जसलाई २४ घण्टाभित्र १६ लाख ३६ हजार पटक हेरिएको थियो ।
दुर्गेशको उक्त गीतले विष्णु माझीको गीत ‘आइन आमा यो तीजमा’ को १५ लाख भ्यूजको रेकर्डलाई उछिनेको थियो । अब यी सबै रेकर्डलाई बालेनको यो गीतले उछिन्ने पक्का छ ।
‘जय महाकाली’ गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो । रि-मास्टरिङ गरेर यसलाई पुनः रिलिज गरिएको हो । चुनावी अभियानका दृश्य समेट्दै भिडियो तयार पारिएको छ । प्रधानमन्त्रीको सपथ लिनुको पूर्वसन्ध्यामा गीत रिलिज गरिएपछि गीतले निकै हाइप प्राप्त गरेको देखिएको छ ।
प्रतिक्रिया 4