+
+
Shares

बालेनको गीतले रच्यो युट्युबमा रेकर्ड, २४ घण्टामा ३७ लाख भ्यूज

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १५:०२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेनको गीत ‘जय महाकाली’ले २४ घण्टाभित्र युट्युबमा सबैभन्दा धेरै ३७ लाख ४३ हजार ८१७ पटक हेरिने नेपाली गीतको रेकर्ड बनाएको छ।
  • गीत रिलिज भएको ३ घण्टामै १० लाख भ्यूज पाउने रेकर्ड पनि ‘जय महाकाली’ले रचेको छ।
  • प्रधानमन्त्रीमा सपथ लिनुअघि बालेनले आफ्नो युट्युब च्यानलबाट उक्त गीत रिलिज गरेको उनले बताउनुभयो।

काठमाडौं । बालेनको गीत ‘जय महाकाली’ ले युट्युबमा कीर्तिमान रचेको छ । यो गीत २४ घण्टाभित्र युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली गीत बनेको छ ।

शुक्रबार राती ८ बजे रिलिज भएको गीतलाई शनिबार राती ८ बजेसम्म ३७ लाख ४३ हजार ८१७ पटक हेरिएको छ । यो भ्यूज कुनै नेपाली गीतले युट्युबमा रचेको रेकर्ड हो ।

यो गीतले ३ घण्टामै १० लाख भ्यूज पाउने अर्को रेकर्ड पनि रचिसकेको छ ।

आइतबार दिउँसो २ बजेसम्म बालेनको यो गीतलाई युट्युबमा ४८ लाख ८८ हजार ८६६ पटक हेरिएको छ । प्रधानमन्त्रीमा सपथ लिनुअघि बालेन (बालेन्द्र शाह)ले आफ्नो युट्युब च्यानलबाट उक्त गीत रिलिज गरेका दिए ।

यसअघि दुर्गेश थापाको ‘जाने भए जाम माया’ले २४ घण्टाभित्र १६ लाख भ्यूजको रेकर्ड रचेको थियो, जसलाई ६ घण्टामै बालेनको नयाँ गीतले तोडिसकेको छ ।

बालेनको यो नयाँ गीत १२ वर्षअघि युट्युबमै आइसकेको रि-मास्टर्ड संस्करण हो । त्रिशला गुरुङ र रचना दाहालसँगको कोल्याबमा बनेका बालेनका थप दुई गीत पनि चाँडै आउँदैछन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?