News Summary
Generated by OK AI. Editorially reviewed.- बालेन शाहले सार्वजनिक गरेको गीत ‘जय महाकाली’ले २४ घण्टाभित्र युट्युबमा २१ लाख भ्यूज पाउँदै सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड बनाएको छ।
- यो गीतले ३ घण्टामै सबैभन्दा छिटो १० लाख भ्यूज पाउने रेकर्ड रचिसकेको छ।
- गीतको अडियो ११ वर्षअघि रिलिज भैसकेको थियो र रि-मास्टरिङ गरेर पुनः सार्वजनिक गरिएको हो।
काठमाडौं । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ ।
बिहीबार बेलुका सार्वजनिक भएको यो गीतले २४ घण्टाभित्र युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड राखेको छ । शुक्रबार बिहान ७ बजेसम्म यो गीतलाई २१ लाख पटक हेरिएको छ ।
यसअघि २४ घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको कोल्याब गीत ‘जाने भए जाम माया’ सँग थियो । त्यो गीतलाई सोही अवधिससम्म १६ लाख ३६ हजार पटक हेरिएको थियो ।
दुर्गेशको उक्त गीतले विष्णु माझीको गीत ‘आइन आमा यो तीजमा’ को १५ लाख भ्यूजको रेकर्डलाई उछिनेको थियो । यतिबेला भने बालेनको यो गीतले केही घण्टाभित्रै अघिल्ला सबै रेकर्डलाई उछिनेको छ ।
शुक्रबार बेलुका ८ बजेतिर मात्र २४ घण्टा हुने भएकाले बालेनको यो गीतले भ्यूजमा उछाल ल्याउने पक्का छ । त्यतिञ्जेल अन्य धेरै रेकर्ड पनि रचिने सम्भावना देखिन्छ ।
रिलिज भएको ३ घण्टामै बालेनको यो गीतले सबैभन्दा छिटो १० लाख भ्यूज पाउने गीतको रेकर्ड रचिसकेको थियो । चुनाव मात्र होइन, युट्युबमा समेत बालेनको लहर देखिएको छ ।
‘जय महाकाली’ गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो । रि-मास्टरिङ गरेर यसलाई पुनः रिलिज गरिएको हो । चुनावी अभियानका दृश्य समेट्दै भिडियो तयार पारिएको छ ।
प्रधानमन्त्रीको सपथ लिनुको पूर्वसन्ध्यामा गीत रिलिज गरिएपछि गीतले निकै हाइप प्राप्त गरेको देखिएको छ ।
प्रतिक्रिया 4