+
+
Shares

प्रधानमन्त्री बन्नुअघि बालेनले ल्याए गीत ‘जय महाकाली’, थप २ पनि ल्याउँदै

सरकारसँगै संगीतलाई अघि बढाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते २०:००
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेन शाहले प्रधानमन्त्रीको रुपमा सपथ लिनुअघि नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई संसदीय दलको नेताको रुपमा अनुमोदन गरेको केही घण्टामा यो गीत सार्वजनिक भएको हो।
  • बालेनले तीन गीत ल्याउने योजना बनाएका छन्, जसमा ‘माया छ’ र ‘सबैलाई हतार छ’ पनि छन् र ती चाँडै सार्वजनिक गरिनेछन्।

काठमाडौं । प्रधानमन्त्रीको रुपमा सपथ लिनुअघि हिप-हप गायक समेत रहेका बालेन शाहले बिहीबार नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताको रुपमा अनुमोदन गरेको केही घण्टामा बालेनले गीत ल्याएका हुन् । यसअघि नै अनलाइनखबरले बालेनले ३ वटा गीत ल्याउन लागेको बारे समाचार लेखेको थियो ।

तीनमध्ये विहिबार आएको यो पहिलो गीत हो । बाँकी दुईलाई चाँडै सार्वजनिक गर्न लागिएको बालेन निकट स्रोतले बताएको छ । आज आएको यो गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो ।

त्यही गीतलाई रि-मास्टर गरेर भिडियोसहित सार्वजनिक गरिएको हो । भिडियोमा बालेनको चुनावी प्रचारका दृश्य समावेश छन् । गीतमा चाहिँ राष्ट्रिय एकता र देशप्रेम समेटिएको छ ।

बालेनका थप दुई गीत आउँदैछन् जसमा सन् २०२१ मा स्पोटीफाईमा आइसकेको त्रिशला गुरुङसँगको गीत ‘माया छ’ र ४ वर्षअघि युट्युबमा अडियो भर्सनमा आइसकेको रचना दाहालसँगको गीत ‘सबैलाई हतार छ’ गीत छन् ।

बालेन निकट स्रोतका अनुसार, सरकार संचालनसँगै बालेनले सांगीतिक कर्मलाई एकसाथ अघि बढाउन चाहेका छन् । काठमाडौंका पूर्वमेयर रहेका ३६ वर्षिय बालेन कान्छा प्रधानमन्त्री बन्ने तयारीमा छन् । राजनीतिसँगै अहिले पनि उनी हिप-हप क्षेत्रमा सक्रिय छन् । उनका ‘बलिदान’ र ‘साभेज’ जस्ता गीतले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएका छन् ।

विश्वका प्रमुख महानगरहरूको संगठन वल्र्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिसेससँगको एक अन्तर्वार्तामा बालेनले संगीतलाई युवापुस्तालाई देशका गम्भीर मुद्दामा सचेत र संलग्न गराउने माध्यमका रूपमा प्रयोग गरेको बताएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?