१३ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ ।
सो देशमा शान्ति स्थापनाका लागि परिचालित रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा र श्री सैनिक प्रहरी युनिटको दशौँ डफ्फालाई बदली गर्नका लागि श्री कालीबहादुर गणको आठौँ डफ्फा र सैनिक प्रहरी युनिटको एघारौँ डफ्फाका १७९ जना विहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाली सेनाका अनुसार, शान्ति सैनिकको पहिलो टोली मिसन इलाका प्रस्थान गरेका छन् । त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २११ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भइसकेका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार १०७ जना शान्ति सैनिक कार्यरत छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4